नियम ८
बिवरण यकिन गर्ने
(१) नियम ७ को उपनियम (१) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले पेश गरेको कार्ययोजनामा उल्लिखित विवरण यथार्थपरक भए वा नभएको सम्बन्धमा प्राधिकरणले आफ्नो अभिलेखमा भिडाई यकिन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अभिलेख भिडाउँदा कुनै विवरण छुटेको वा पेश गरेको विवरण यथार्थपरक नभएको देखिएमा प्राधिकरणले यथार्थपरक विवरण पुनः पेश गर्न पन्ध्र दिनको समय दिई त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिलाई सूचना दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र यथार्थपरक विवरण पेश गर्नु अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ।